बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि

लोकपथ
0
Shares

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी रु पाँच अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजी रु साढे दुई अर्ब पुर्‍याइएको छ ।

समितिको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ ।

ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच बिस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्त पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

चुक्ता पुँजी आगामी वर्ष चैतसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी सो समयावधि भित्रमा पुर्‍याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ अनुसार हुने गरेर पुँजी कायम गर्नुपर्ने उल्लेख छ ।

कम्पनीले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेस गर्नुपर्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?