सरकारलाई कांग्रेसको प्रश्न– सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा भएको ढिलाइप्रति सरकारसँग प्रश्न गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले सुरुङमा फसेकाहरूको उद्धारका लागि सरकारले समयमा प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका हुन् । उनले स्थानीय तह र विज्ञहरूसँग समेत आवश्यक समन्वय नगरेको दाबी गरे ।

सरकारले आफैँ एक्सन नगर्ने र अरूलाई पनि काम गर्न नदिने अवस्था देखिएको भन्दै उनले सात दिनपछि मात्रै सुरुङभित्र आफैँ खोजी गर्न आग्रह गरिएको बताए ।

उनले उद्धारमा भएको ढिलाइ र सरकारको असंवेदनशीलताका कारण सुरुङभित्र मृत्यु भएका व्यक्तिको मृत्यु स्वाभाविक मृत्यु हो कि हत्या भन्दै गम्भीर प्रश्न उठाए ।

‘यो असंवेदनशीलता र ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ? सभामुख महोदय,‘उनले प्रश्न गरे ।

आङ्देम्बेले संकटमा परेका नागरिकको उद्धार गर्न नसकेको घटनाको सरकारले जिम्मेवारी लिनुपर्ने बताए । जोखिममा परेका नागरिकको आवाज सुन्ने कि दबाउने भन्दै उनले सरकारसँग जवाफ मागे ।

‘संकटमा परेका नागरिकका आवाज सुन्ने कि दबाउने ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?