भारत सरकारको आर्थिक सहयोगमा विराटनगरमा आरोहण- गुरुकुल नाट्यशाला भवनको उद्घाटन

लोकपथ
98
Shares

मोरङ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको मोरङको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन भएको छ ।

विराटनगर महानगरपालिकाका नगर प्रमुखभीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये मोरङ जिल्लाका १५ वटा गरी प्रदेश १ मा ७८ वटा परियोजनाहरु रहेका छन् । यसका अतिरिक्त भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयलाई २० वटा एम्बुलेन्स तथा ८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?