नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
नुवाकोटको ककनीमा स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तरगत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममो समुद्घाटन समारोहलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले यो अभियान आगामी स्थानीय निर्वाचन जित्न आरम्भ गरिन लागेको बताउदै भने,“यो अभियान सम्पूर्ण वडा र पालिका जित्ने लक्ष्यका साथ थाल्नुहोस् । स्थानीय तहको निर्वाचन जितेपछि प्रदेश र संसदीय निर्वाचन जित्न सहज हुन्छ । नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैन ।”
प्रवक्ता महतले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पराजित हुँदा विकास प्रयास सिथिल भएको सिथिल भएको उल्लेख गर्दै भने, “नेपाली कांग्रेसले चुनाव जितेको समयमा जिल्लामा कति विकास आयोजना आएका थिए,कति सम्पन्न भए र कम्युनिष्टहरुले चुनाव जितेको ५ बर्षमा कति आयोजना आए,कति सम्पन्न भए । विगतमा थालिएका आयोजनाहरुको अवस्था के छ ? त्यसको तुलना गर्ने हो भने आम नागरिकका बीचमा निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मत माग्न हामीलाई कुनै संकोच र अप्ठ्यारो मान्नु पर्ने अवस्था आउदैन ।”
उनले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएकोले तिनलाई मतदाताको बीचमा स्मरण गराउन पनि आग्रह गरे ।
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री रहेका डा.महतले यो अभियानलाई आम नागरिकसंग दोहोरो सम्बादको रुपमा सञ्चालन गर्न पनि अनुरोध गरे । यो अभियानका क्रममा नागरिकहरुको चाहना र आवश्यकताको बारेमा पनि जानकारी लिन उनले आग्रह गरे ।
उनले जिल्ला तहका नेता तथा कार्यकर्ताहरुलाई अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिनेहरुको पनि पहिचान गरेर मत नदिनुको कारण पहिल्याएर नेपाली कांग्रेसका पक्षमा मतदान गर्न लालयित बनाउन आग्रह गरे ।
कार्यक्रममा डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)संग नेपालको सडक विस्तार तथा मर्मत संभार र विद्युत प्रशारण लाईन निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर(६०अर्ब नेपाली रुपैयाभन्दा माथि) रकम अनुदान लिने सम्बन्धमा भएको संझौताको विषयमा पनि प्रकाश पारेका थिए ।
उनले यो अनुदान सहयोग नेपालले नै माग गरेको, अनुदान अन्तरगत आउने रकम खर्च र परियोजना सञ्चालन नेपालका अर्थसचिवको संयोजकत्वमा बनेको मिलिनियम च्यालेञ्ज एकाउण्टले गर्ने, यस अन्तरगत बनेका परियोजनाहरु निर्माण सम्पन्न भएपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने, बौद्धिक सम्पत्तिको सिर्जना भए नेपालको हुने, नेपालको महालेखाले लेखापरीक्षण गर्न पाउने, यो सहयोग कुनै सैन्य रणनीतिसंग आबद्ध नभएको र यसलाई आधार बनाएर अमेरिकी सेना आउन नसक्ने मात्र हैन यो सहयोग सैन्य प्रयोजनमा उपयोग गर्न नपाइने स्पष्ट किटानी भएकोले कम्युनिष्टहरुको भ्रममा नपर्न पनि अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया