एमाले गठबन्धन र एक्लै जसरी आए पनि भिड्न तयार : शंकर पोखरेल

लोकपथ
42
Shares

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नयाँ जनादेश आवश्यक रहेको बताएका छन्। एमाले मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखे ।

उनले संसद्मा आफ्ना मागहरू पूरा नहुँदासम्म एमालेले प्रतिनिधिसभामा अवरोध कायमै राख्ने भन्दै संसद्मा नाराबाजीका बीचमा पनि सरकारलाई सही दिशामा लग्ने काम भइरहेको बताए । महासचिव पोखरेलले एमाले निर्वाचनका लागि तयार भए पनि गठबन्धन दलहरू अझै तयार हुन नसकेको आरोप लगाउँदै एमाले गठबन्धन र एक्लै जसरी आए पनि भिड्न तयार रहेको बताए ।

सो अवसरमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले यही फागुन २५ गते मोरङको रङ्गेलीमा तराईमधेस बृहत् आमसभामा विभिन्न पार्टीका जनप्रतिनिधिसहित पाँच हजार कार्यकर्ता प्रवेश गर्नाका साथै ५० हजार सर्वसाधारण सहभगी हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?