सलमान खानको ‘रेस ३’ ले कति कमायो?

मुम्बई – सलमान खान अभिनित फिल्म ‘रेस ३’ को व्यापार पछिल्लो समय खासै राम्रो छैन । अब त झन् हलमा रणवीर कपूरको फिल्म 'सन्जु' रिलिज भएको छ, जुन फिल्मले सलमानको फिल्मको व्यापारलाई ओझेलमा पार्ने देखिन्छ ।

रिलिजको १४ दिनसम्म आइपुग्दा सलमान खानको फिल्म ‘रेस ३’ ले २ सय ७६ करोडको व्यापार गरेको भारतीय मिडियाले लेखेका छन् । फिल्मले पहिलो हप्ता १ सय ५६ करोड कमाएको थियो भने सोमवार र मंगलवार गरी ५ करोडको व्यापार गरेको जनाइएको छ ।

अब भने सलमान खानको यो फिल्मले हलमा धेरै नकमाउने पक्काजस्तै बनेको छ । किनकि, रणवीर कपूरको फिल्म ‘सञ्जु’ ले बक्स अफिसमा धमाका मच्चाएको छ ।

दर्शकले फिल्म ‘रेस ३’ को सट्टा ‘सञ्जु’ फिल्म हेर्ने सम्भावना देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?