सेमिफाइनलको पहिलो लेगमा युभेन्टसलाई अग्रता

लोकपथ
91
Shares

काठमाडौं । इटालीयन सिरी ए क्लब युभेन्टसले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० अन्तरको जित निकालेको छ ।

बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टसले अग्रता बनाएको हो ।

खेलमा घरेलु टोलीले युभेन्टसलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । यो जितसँगै युभेन्टसले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्टस फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्टसको मैदानमा २० अप्रिलमा हुनेछ ।

मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?