१५ लाख पारिश्रमिक लिँदै अनमोल बने ‘क्याप्स’ ब्राण्डका दूत

काठमाडौं । युवा स्टार अनमोल केसी ‘क्याप्स’ ब्राण्डका लुगाको एम्बेस्डर (दूत) मा अनुबन्ध भएका छन् । समाचारका अनुसार उनले एक वर्षको सम्झौता गर्दै पन्ध्र लाख रुपैयाँ लिएका छन् । यो रकमलाई सेलिब्रेटीको दूत नियुक्तिको मंहगो रकम भनिएको छ ।

महंगो पारिश्रमिक लिएको भनिए पनि कम्पनीले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन । कम्पनीले फिल्म ‘क्याप्टेन’ फिल्म छायांकन स्थलमै गएर सम्झौता गरेको हो। ब्राण्डका तर्फबाट गौतम वैश्य र अनमोल केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बोल्दै वैश्यले अनमोलका सर्वाधिक फ्यान फलोइङ भएकाले कम्पनीको दूत तोकेको बताए । यो ब्राण्डका कपडा काठमाडौंबाहेक पोखरा बुटवल, धरान, विराटनगर, इटहरी, जनकपुर लगायतका शहरमा पनि पाइने बजार प्रबन्धक दीपक नेपालीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?