नेकोस बागमती प्रदेशमा सीताराम कार्कीको नेतृत्व सर्वसम्मत

लोकपथ
168
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् । शनिबार बागमती प्रदेश राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मतनिर्वाचित गरेको हो । भलिबलका खेलाडी, प्रशिक्षकतथालाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थिए ।

नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाल उपाध्यक्षमा निर्वाचित भएकी छिन् । त्यस्तै मकवानपुरका जनरल श्रेष्ठ सचिव चयन भएभने धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिवमा निर्वाचित भएका छन् । मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भएका छन् । निर्वाचितपदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराए ।

शुभकामना मन्तव्यको क्रममा बस्नेतले खेल क्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा खेल प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए । बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्त गतिमा भएकोमा दुःखव्यक्त गर्दै द्रुतगतिमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिंदै वर्तमान सरकारले खेलकुद ऐनलाई मिचेर खेलक्षेत्रको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदमा किचलो निम्त्याएको धारणा राखे ।

नेकपा एमाले पोलिटब्युरो सदस्यएवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्षएवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?