काठमाडौं । इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्टसले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।
युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे ।
जितसँगै युभेन्टसले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ । इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा छ ।
२७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया