अनुपविक्रम शाहीले ‘पुरानो बुलेट’ चलाउने

काठमाडौं । अभिनेता अनुपविक्रम शाहीलाई लिएर फिल्म ‘पुरानो बुलेट’ बन्ने भएको छ । केही वर्षदेखि एकपछि अर्को गर्दै फिल्ममा व्यस्त भएका शाहीसँगै फिल्ममा वर्षा शिवाकोटी र माला लिम्बु पनि अनुबन्ध गरिएको एक औपचारिक कार्यक्रममा घोषणा गरियो ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्मलाई भिषण राईले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन फिल्म हो ।

कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई लगायतका कलाकारले समेत अभिनय गर्ने यो फिल्मलाई सन्तोष राईले निर्माण गरेका हुन् ।

यो चलचित्रलाई मोरङ आसपासमा छायांकन गरिने बताइएको छ । फिल्मलाई हरि घले लामाले छायांकन गर्नेछन् भने सम–सामयिक विषयलाई लिएर फिल्म निर्माण गरिनेछ ।

चलचित्रको छायांकन असार १५ गतेबाट सुरु हुने निर्माण टिमले बताएको छ भने फिल्म आउँदो मंसिरमा प्रदर्शन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?