अबमेयाङको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

लोकपथ
84
Shares

काठमाडौं । पिएरे एमरिक अबमेयाङको ह्याट्रिक प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ । भ्रमणकारी क्याटलान क्लब बार्सिलोनाको जितमा अबमेयाङले दुई गोल गर्दा फ्राङ्क्लिन डि जोङ र पेड्रीले एक गोल गरे ।

Image

इंग्लिस क्लब आर्सनलबाट फ्री मा सरुवा भएयता उनले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन् । अबमेयाङले खेलको २३, ३८ ६३ मिनेटमा गोल गरे । डि जोङले ३२ मिनेटमा गोल गरे । यस अघि पेड्रीले ६३ मिनेटमा गरेको गोल अबमेयाङलाई ‘टच’ हुदा रेफ्रीले ह्याट्रिक गोल दिएका छन् ।

५२ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाको लागि सान्त्वना गोल गरे ।

जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा छ । भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?