चारदेशीय टी-ट्वान्टी सिरिज : नेपाललाई १ सय ९३ रनको लक्ष्य

लोकपथ
126
Shares

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत युएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन बनायो । युएईका लागि चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे ।

मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि  सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?