पहिलो जितसँगै फ्रेन्ड्स रेलिगेशन जोनबाट बाहिर

लोकपथ
112
Shares

काठमाडौं । शिल शाह र जमोउल एन्थोनी फ्रान्कोइसको दुई- दुई गोल प्रेरित फ्रेन्ड्स क्लबले बिग्रेड ब्वाइज क्लब (बीबीसी) लाई ५-२ अन्तरले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।

दशौ चरणको जितसँगै तीन अंक बटुलेको फ्रेन्ड्स रेलिगेशन जोनबाट बाहिर निस्किएको छ ।

फ्रेन्ड्सको जितमा सुशील र एन्थोनीसंगै श्याम बाबू क्यापछाकीले एक गोल गरे । पराजित बीबीसीको लागि बिदेशी खेलाडी ड्याडी जुनिअर र कप्तान अनिल गुरुङले सान्त्वना गोल गरे ।

जारी लिगमा यो खेल सर्वाधिक गोल निस्किएको खेल रह्यो । यस अघि बिभागिय एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीले ३-३ को बराबरी खेलेका थिए ।

खेलको अन्तिम समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै बीबीसीका कप्तान अनिल गुरुङले घरेलु मैदानमा आठ वर्षपछी गोल गरे ।
दशरथ रंगाशालामा शुक्रबार भएको दशौं चरणको पहिलो खेलमा लिगको पहिलो जित निकालेको फ्रेन्ड्स तीन अंक जोड्दै तालिकाको १२औं स्थानमा उक्लिएको छ ।

बीबीसी ६ अंक सहित १३औं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?