नुवाकोटको म्यागङमा ‘सेभेन ए साइड नकआउट’ फुटबल प्रतियोगिता हुँदै

लोकपथ
224
Shares

काठमाडौं । नागिनी थान युवा क्लबले माघ २२ गते देखी २९ गतेसम्म चौथौँ नागिनी कप अन्तर जिल्ला स्तरीय खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता तथा ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अन्तर जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा क्लब, संघसंस्था र विध्यालयबाट टीम सहभागी हुन सक्ने ओयोजक नागिनी थान युवा क्लबले जानकारी दिएको छ ।

माघ १८ देखी २१ गतेसम्म टिम दर्ता गर्न सकिने छ । उद्धाटन खेल म्यागङ ५ नुवाकोटस्थित नागिनी थान खेल मैदानमा माघ २२ गते हुँदै छ ।

प्रतियोगिता माघ २९ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई ८१ हजार १ सय रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमले ४११०० नगद प्राप्त गर्नेछन् ।

आयोजक नागिनी थान युवा क्लबले टिम दर्ता शुल्क ८६०० तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?