एएफसी महिला एसियन कप : चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स सेमिफाइनमा

लोकपथ
91
Shares

काठमाडौं । उपाधि दावेदार अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को सेमिफाइनलमा पुगेका छन् ।

आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्सले दक्षिण कोरियाको सामना गर्नेछ ।

आइतबार भएको खेलमा चीनले भियतनामलाई ३–१ अन्तरले हरायो । उपाधि दावेदार जापानले थाइल्याण्डविरुद्ध ७–० को सहज जित पायो । यता, उपाधि दावेदार अष्ट्रेलिया भने दक्षिण कोरियासँग अप्रत्यासित नतिजा व्होयर्दौ अन्तिम आठबाटै बाहिर रह्यो । अष्ट्रेलियालाई कोरियाले १–० ले पराजित गर्यो ।

यता, पहिलो पटक महिला फुटबलको एसिया कपको सेमिफाइनमा पुगेको फिलिपिन्सले चाइनिज ताईपेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्यो । अब, सेमिफाइनल ३ फेब्रुअरीमा हुनेछ भने ६ फेब्रुअरीमा फाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?