खोटाङमा एकै दिन कोरोनाका ९ संक्रमित थपिएका छन् । विभिन्न स्थानीय तहमा शनिबार १५ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमितमध्ये शनिबार एक जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिया संक्रमित हाल होम आइसोलेसनमा बसिरहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया