काठमाडाैं । यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको हो।
भर्खर मात्र काठमाडौंमा सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागी ९ जना नेतालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको र अन्य केही नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
केन्द्रीय कार्यालयका लेखाप्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाट समेत बन्द गरेका छन्।
यही पुस ११–१८ मा सम्पन्न आठौँ महाधिवेशनले माओवादी केन्द्रको २ सय ४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्विरोध चयन गरेको थियो।
माओवादीमा अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया