माओवादीको केन्द्रीय पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्नस्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको केन्द्रीय पदाधिकारी छनोट गर्न बैठक महाधिवेशनस्थल कमलादीस्थित प्रज्ञा भवनमा बस्नेछ ।

गत पुस ११ गतेदेखि पार्टीको आठौं राष्ट्रिय महाधिवेशन जारी छ । शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?