बेलकोटगढीमा बीपीको सम्झना

लोकपथ
462
Shares

नेपाली कांग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ ।
यही अवसरमा नेपाली कांग्रेस बेल्कोटगढी नगरपालिका वडा नम्बर १० कार्यसमितिले पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । यो क्रममा सहभागीहरुले लोकतान्त्रिक आन्दोलनमा बीपी कोइरालाले खेलेको भूमिका र योगदानबारे चर्चा परिचर्चा भएको थियो ।

कार्यक्रममा बेलकोटगढी १० का सभापति प्रल्लाद थपलिया, जिल्ला प्रतिनिधि नवराज कोइराला , नगर प्रतिनिधि सुन्दर प्रसाद भट्टलगायत सहभागी भएका थिए ।

पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी)लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काँग्रेसले मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?