काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र प्रज्ञा भवनमा जारी छ । जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।
बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले आज प्रस्तुत भईरहेको छ । जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ ।
आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रममा नेता गोपाल शर्माले भविष्यमा हुनसक्ने पार्टी एकतालाई मध्यनजर गर्दै विधानमा वरिष्ठ नेताको पनि व्यवस्था गर्न माग गरेका छन् ।
बन्दसत्र हलबाट पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया