प्रदेश २-अध्यादेश पारित

लोकपथ
91
Shares

प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश, २०७८ पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारद्वारा ल्याइएको सो अध्यादेश बहुमतले पारित गरेको हो ।

आज बसेको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सो अध्यादेश स्वीकृत गरियोस् भनी पेश गरेको प्रस्ताव बहुमत प्रदेशसभा सदस्यले पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?