कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले रासयनिक मलको अर्को विकल्प प्रांगरिक मल भएको बताएका छन् ।
बुधवार नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा बोल्दै मन्त्री यादवले अहिले मल राष्ट्रिय समस्या भएकोले यसको समाधान जिटूजीबाट हुनसक्ने तर अहिलेको विकल्प भनेको प्रांगरिक मल नै भएको बताए । उनले धेरै देशहरुलाई जिटूजीमाध्यमबाट मल दिन पत्राचार गरिएपनि कुनै देश त्यसका लागि तयार रहने स्थिती नदेखिएको बताए ।
मन्त्री यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढीरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने बताए ।
पशु स्वास्थ्य तथा पशु विकासको क्षेत्रमा २०४७ सालदेखि कृयाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशन पुस ९ गतेसम्म चल्नेछ ।
नेपालको पशु विकास तथा स्वास्थ्यको क्षेत्रमा संलग्न करिब ३० हजार प्राविधिक जनशक्तिहरुलाई संगठित र परिचालित गर्दै आएको एसोसिएसनको केन्द्रिय महाधिवेशनमा ७७ वटै जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरु सहभागि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया