नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्ष अझै सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न असफल भएको छ । सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेपनि सहमति भने हुन नसकेको हो ।
सभापतिका दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनावी कार्यक्रममा उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यसअघि नै पौडेल समूहले उम्मेदवारको टुंगो लगाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया