काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । हिजो १७.३२ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज २७.९४ अंकले बढेर २५ सय ५९ दशमलव ४९ बिन्दुमा पुगेको छ ।
आज १३ वटै समुहका उपसूचकमा हरियाली छाएको छ । यसदिन जलविद्ययुत समुहको उपसूचक १.८३, निर्जीवन बीमा १.७२, लगानी १.५८, व्यापार १.४० र विकास बैंक १.०५ प्रतिशतले बडेको छ ।
नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । आज ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ ।
हिजो ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । यसदिन उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १०.५३ र अभियान लघुवित्तको सेयर मूल्य १०.०९ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया