काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता शुल्क बैंकमा तिर्नुपर्ने, कसले कति तिर्नुपर्छ ?

लोकपथ
224
Shares

नेपाली काँग्रेसको विभिन्न पदका उम्मेदवारी दिन चाहने उम्मेदवारले बैंक खातामा रकम जम्मा गर्नुपर्ने भएको छ। त्यसका लागि प्रभु बैंकको खाता उपलब्ध गराइएको छ ।

केन्द्रीय निर्वाचन सदस्य सचिव जगन्नाथ श्रेष्ठले पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लड्न केन्द्रीय निर्वाचन समितिको खाता नम्बरमा रकम जम्मा गरेपछि मात्रै मनोनयन दर्ताको फारम पाइने जानकारी दिए ।

उनका अनुसार सभापतिका उम्मेदवारले ३० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ भने उपसभापति र महामन्त्रीका उम्मेदवारले २५ हजार , सहमहामन्त्री बन्न २० हजार र केन्द्रीय सदस्य बन्न १० हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

बन्दसत्रमा समिति संयोजक गोपालकृष्ण घिमिरेले खातामा पैसा अनिवार्य जम्मा गर्नुपर्ने जानकारी गराउँदै रकम जम्मा नगर्नेको उमेदवारी दर्ता नहुँने बताए । काँग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?