कांग्रेस महाधिवेशन प्रतिनिधिलाई धमाधम पास वितरण (फोटोफिचर)

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास वितरण भइरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वयम उपस्थित हुनुपर्नेछ ।

तीन हजार रुपैयाँ दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?