काठमाडौं । नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सापकोटाले १४ औं महाधिवेशनमा खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
२०५७ सालमा बाग्लुङको जनप्रिय मा.वि.को नेविसंघ अध्यक्ष हुँदै राजनीतिको नेतृत्वदायी पदमा जोडिएका सापकोटा २०६८ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका थिए । विधि र विधानमा रहेर पार्टी र संगठन चल्नुपर्ने माग राखेर पटक पटक आमरण अनसन बसेका युवा नेता सापकोटा प्रखर भाषण शैली, युवामाझ नेतृत्वदायी भुमिकाका कारण चर्चित मानिन्छन् ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि बनेका सापकोटा १४ औं महाधिवेशनमा गण्डकीको नवलपुरबाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
विगतमा पार्टी र भातृ संगठनहरुको विभिन्न जिम्मेवारीमा रहँदा कुशलताका साथ कार्य गरेको भन्दै सापकोटाले महाधिवेशन प्रतिनिधिहरुले विवेकको मत प्रयोग गरेर आफुलाई बिजयी बनाउने अपेक्षा राखे । आफ्नो उम्मेदवारी पार्टी नेतृत्वमा युवापुस्ता आउनुपर्ने र कांग्रेसलाई देशको ठुलो पार्टी बनाउने अभियानको निरन्तरता भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया