काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि संस्थापन इतर समूहले अझै सभापतिको टुंगो लगाउन सकेको छैन ।
पार्टी भित्र साझा उम्मेदवार खडा गर्न निरन्तरको छलफल गरे पनि वार्ताहरु विफल भइरहेका छन् । संस्थापन इतरबाट सुरुमा ४ जना आकांक्षी रहेका थिए । तर चरणबद्ध छलफलपछि आकांक्षी दुई जना मात्र देखिए पनि सहमति जुट्न नसक्दा नेताहले समूह बनाएर दुवै पक्षसँग छलफल गर्न थालेका छन् ।
आज पनि आकांक्षी बाहेकका नेताहरु अनुपम फुडल्याण्डमा छलफलमा जुटेका थिए । बैठकले आकांक्षीहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई सहमतिमा ल्याउनका लागि टीम बनाएर छलफलमा जुट्ने निर्णय गरेको छ । जसमा डा। शेखर कोइरालासँग गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीले छलफल गर्नेछन् ।
भने महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीले प्रकाशमान सिंहसँग छलफल गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
सुरुमा संस्थापन इतर समूहबाट मुख्य ४ जनाको सभापतिमा दाबी रहेको थियो । तर मंगलबारबाट शशांक कोइराला र बुधबारबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आफू दुई नेता मिलेर आएको अवस्थामा आफूले छाड्न तयार रहेको बताएका थिए । यद्यपी दुई नेताहरुबीच सहमती हुन नसकेमा आफैँ सभापतिको उम्मेदवार रहेको समेत बताएका थिए । यता संस्थापन पक्षले भने सभापतिमा शेरबहादुर देउवालाई अघि बढाउँदै पदाधिकारीको नाम टुंग्याउने तयारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया