सुदूरपश्चिम कांग्रेस : पदाधिकारीसहित कार्यसमिति घोषणा

लोकपथ
168
Shares

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको नवनिर्वाचित सभापति वीरबहादुर बलायरसहित पदाधिकारी तथा कार्यसमितिको घोषणा गरिएको छ ।

सोमबार कांग्रेस कैलालीको पार्टी कार्यालयमा एक समारोहको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरिएको हो ।

शुक्रबारदेखि भएको प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश पार्टी सभापतिमा बलायरसहितको प्यानल विजयी भएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश पार्टी सभापति बलायरले पार्टीको केन्द्रीय सभापतिमा वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको आवश्यकता रहेको बताए । ‘पार्टीलाई बलियो बनाउन प्रधानमन्त्री देउवाको विकल्प छैन’ उनले भने –‘२४ गते हुन लागेको पार्टीको केन्द्रिय महाधिवेशनबाट पुनः सभापतिमा उहाँनै निर्वाचित हुनेछन ।’ उनले पार्टी सभापति देउवालाईनै बनाउन सबै महाधिवेशन प्रतिनिधी, पार्टीका भातृ संघ, संगठनका कार्यकर्तालाई अनुरोध गरे ।

उनले प्रदेशमा कांग्रेसलाई बलियो बनाउन पार्टीका कार्यकर्ता सबै एक ढिक्का हुनुपर्ने बताए । ‘पार्टीभित्रको निर्वाचनलाई लिएर कसैले पनि रुष्ठता व्यक्त नगरौं’ उनले भने –‘अब आउनै लागेको स्थानीय तहमा पार्टीलाई विजयी गराउन सबै एकजुट बनौ ।’

उनले प्रदेशको कार्यालय धनगढीमै राखिने बताए । ‘प्रदेशको कार्यालयका लागि भवन निर्माणाधिन अवस्थामा रहेको छ । छिट्टै सम्पन्न हुँदै छ’ उनले भने –‘अब पार्टीको बैठक तथा कार्यालय धनगढीमै रहने छ ।’
बलायरले प्रथम अधिवेशनबाट ६८८ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी संस्थापन बाहेक टिमका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । प्रदेशमा एक हजार २६ प्रदेश अधिवेशन प्रतिनिधि रहेकोमा शनिबार भएको निर्वाचनमा १००३ मत खसेको थियो ।

आइतबार मध्यान्ह घोषित मतगणनाको अन्तिम नतिजा अनुसार उपसभापतिमा जनकराज चौधरी ९६१०० र लोकराज अवस्थी (५२३) सहित विजयी भएका छन् ।

संस्थापन बाहेकका पक्षका उपसभापतिका उम्मेदवार गोपालसिंह गुरुङले २८१ र मनबहादुर रावलले २६३ मत प्राप्त गरे । उपसभापति पदका अर्का उम्मेदवार हिमबहादुर रावलले १२१ मत प्राप्त गरे ।

त्यस्तै, महामन्त्रीमा नरनारायण शाह (६४८ मत) र मेघराज खड्का (६३५ मत) सहित विजयी भए । महामन्त्री पदका संस्थापन बाहेकका पक्षका उम्मेदवार रामबहादुर शाहीले ३०३ र प्रताप गुर्धामीले २३३ मत प्राप्त गरे ।

सहमहामन्त्रीमा चिन्तामणी भट्ट (५३३ मत) र गोपालदत्त भट्ट (५२९ मत) सहित विजयी भए । भने मिश्र टिमका पदमराज पन्तले २५४ र नरेन्द्रप्रसाद भट्टले २१२ मत प्राप्त गरे ।

सहमहामन्त्री पदका अर्का उम्मेदवार लक्ष्मणबहादुर शाहीले १६४ मत प्राप्त गरे भने हर्कबहादुर स्वारले ६८ मत प्राप्त गरे ।

त्यस्तै, सहमहान्त्री महिलातर्फ अम्बिका चलाउने ६८६ मत सहित विजयी भइन । उनका प्रतिस्पर्धी मिश्र टिमका खिना भण्डारी कुँवरले २२३ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?