कुमारी हलमा भूत !

 समय : शुक्रबार, दिनको ठिक ४ : ३० बजे ।

 स्थान : कुमारी हल । 

दृश्य : मुखभरि रगत लतपतिएको, छरप्रष्ट कपाल भएका दुईजना ‘भूतको’ प्रवेश । 

सबैजना आश्चर्यचकित भए ! 

………….

यत्तिकैमा परबाट ऋचा शर्मा मुस्कुराउँदै आईन् । हो ! नेपालभरि भव्यताका साथ प्रदर्शन भईरहेको ‘सुनकेसरी’ चलचित्रको प्रमोसनका लागि यी ‘भूत’हरु तयार पारेको शर्माले बताईन् । 

लामो समयदेखि राम्रो चलचित्र हेर्न नपाएका दर्शकले शुक्रबारदेखि नायिका शर्मा अभिनित सुनकेशरी डराउँदै रमाउदै हेरे । चलचित्र हेरेर विभिन्न भावभंगीमा निस्किएका दर्शकको प्रतिक्रिया लिनलाई ढोकामै आफ्ना दुई ‘भूत’ सहित उभिएकी थिईन् नायिका शर्मा ।  स्क्रिनमा ‘भूत’ देखेका दर्शक ढोकामा ठिङ्ग उभिएका ‘भूत’सँग त डराउने नै भए ।

यतिबेला नायिका शर्मा आफ्नो चलचित्र प्रदर्शन भईरहेको उपत्यकाको लगभग सबै हलमा ‘भूतहरु’ सँगै लिएर प्रमोसन गर्दैछिन्, चलचित्रलाई । 

चलचित्र हेरेपछि  दर्शकहरुको रेस्पोन्स कस्तो थियो त ? चलचित्रका बारेमा के भन्छन् त निर्देशक तथा लेखक अर्पण थापा ? जान्नलाई भिडियो हेर्नुहोस् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?