काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ७ सय ४७ जनाको परीक्षणमा २०० जनामा पीसीआर र ५ जनामा एन्टीजेट पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ३६ जना कोरोना संक्रमणमुक्त भएसँगै देशभर कोरोनामुक्त हुनेको संख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसुगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । हाल नेपालमा ६ हजार ५ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया