नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातीदखि सुरु गर्ने तयारी भएको छ।
नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८-८ जना प्रतिनिधि सहभागी भएका छन् । अबको एक घण्टापछि मतमेटिका खोल्ने निर्वाचन समिति जनाएको छ ।
लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एकहजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निर्वमान जिल्ला सभापति अमुर पुन प्यालन बनाएर मैदान गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया