राप्रपाको चुनाव : ३१०० मत खस्यो

लोकपथ
791
Shares

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावमा शनिबार साँझ ७ बजेसम्म ३१०० मत खसेको छ । कुल ४ हजार ४६९ मतदातामध्ये साँझ ७ बजेसम्म करिब ३११ मत खसेको र सबै सकिन राति अबेरसम्म लाग्ने देखिएको निर्वाचन समितिका एक पदाधिकारीले जानकारी दिए ।

राप्रपाको निर्वाचनमा २६४ जना उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन दौडमा रहेका छन् । नेतृत्वका दुबै दावेदारले प्यानलसहित चुनावमा भाग लिएका हुन् ।

राप्रपाको एकता महाधिवेशन मंसिर १५ देखि राजधानीमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?