राप्रपा महाधिवेशन सर्‍यो

लोकपथ
28
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ ।

यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको उक्त अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एकलाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?