करिष्मा मानन्धर हामी सबैकी ड्रिमगर्ल हुन् : शिव श्रेष्ठ

काठमाडौं । नायक शिव श्रेष्ठले मंगलबार काठमाण्डौमा आयोजीत 'एउटा एस्तो प्रेम कहानी'को टिजर रिलीज तथा कलाकार सार्वजनिक कार्यक्रममा सदाबहार नायिका करिष्मा मानन्धर हामी सबैकी ड्रिम गर्ल रहेको बताए ।

उनले भने, जब करिष्मा नेपाली सिनेमा 'सन्तान'बाट डेव्यु गरिन, त्यस पछि  त्यो बेलाका म लागायत राजेश हमाल, भुवन केसी सवैको ड्रिम गर्ल बनेको सुनाए । त्यो बेला मात्रै होइन करिष्मा अहिले पनि सबैकी ड्रिम गर्ल रहेको खुलाए । सिनेमामा प्रवेश गर्दा करिष्मा जती राम्री थिइन, आज पनि उतिकै राम्री र सुन्दर रहेको भन्दै प्रशंसा गरे । 

यता शिवले करिष्माको सुन्दरताको वर्णन गरिरहँदा करिष्मा छेउमै बसेर मुसुमुसु हाँसिरहेकी थिइन । जब करिष्माको बोल्ने पालो आयो तब उनले शिव श्रेष्ठलाई धन्यबाद भनिन् । यहि सिनेमाबाट करिष्माकी छोरी र शिव श्रेष्ठका छोराले नेपाली सिनेमामा डेव्यु गर्दैछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?