मेरो माइक्रो फाइनान्सद्वारा अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सहयोग

लोकपथ
1.4k
Shares

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट देबिघाटस्थित अपाङ्ग तथा ज्येष्ठ नागरिकको जीवनयापनमा सहजताका लागि विभिन्न सामान सहयोग गरेको छ ।

शनिबार देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर बट्टार अनुगमन अधिकृत सरोज पण्डितले संरक्षक भरत दाहाललाई हस्तान्तरण गरेका हुन् ।

९ वटा सेतो छडि, ४ वटा ह्वील चियर र ४ वटा बैशाखी संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको संस्थाले जनाएको छ ।

“ज्येष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ,” संरक्षक दाहालले भने । उनले देबिघाट स्थित वृद्धा आश्रममा केही नभएका र कोही नभएका ज्येष्ठ नागरिकलाई समितिले गास बासको व्यवस्था गर्दै आएको जानकारी दिए ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको लघुवित्त हाल देशका ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?