जनकपुरमा प्रहरीद्वारा ७ राउन्ड अश्रु ग्यास प्रहार, भोलि राति १० बजेसम्म निषेधाज्ञा

लोकपथ
5.2k
Shares

काठमाडौं । जनकपुरमा प्रहरी र दुई समुदायबीच झडप भएको छ । धर्मको विषयलाई लिएर दुई समुदायबिच जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएको हो।

देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।

‘झडपलाई नियन्त्रणमा लिन हामीले ७ राउण्ड अश्रु ग्यास प्रहार गर्यौं । झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले लोकपथलाई जानकारी दिए ।

झडपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले धनुषाको जनकपुरधाम २० देवपुपुर रुपैठामा भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?