कैलाली । कैलालीमा दुई समूहको ग्याङफाइटमा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
२ समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
दोषीलाई कारबाहीको माग गर्दै बिहानदेखि मुख्य राजमार्ग अवरूद्ध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया