राप्रपाले राजसंस्था पुनर्स्थापना गर्ने डा. लोहनीको दाबी

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातत्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनर्स्थापना गर्ने बताएका छन् ।

सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा. लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दाबी गरे ।

प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली कांग्रेस तथा कम्युनिस्टहरु च्यूत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे । राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँदै लोहनीले नेपाललाइ हिन्दुराष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने जिकिर गरे ।

कांग्रेस, कम्युनिस्टसँगै मधेसवादी दलहरु समेत असफल भएको दाबी गर्दै अध्यक्ष लोहनीले मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्ने समेत बताए । अदालतको गाईजात्रा र निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउँदै लोहनीले यो व्यवस्थाको असफलताको लक्षण भएको समेत बताए ।

अर्को प्रसङ्गमा लोहनीले आउँदो महाधिवेशनले राप्रपालाई सही नेतृत्व दिने बताउँदै कार्यकर्ताले सही नेतृत्व चुन्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्र लिंदेनलगायतका केन्द्रीय नेताहरुसमेतको सहभागिता रहेको अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?