काठमाडौं । झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज मंगलबार भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
झापालाई उपाधि दिलाउन गोल श्याम कुमार दुई गोल गरे ।
प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया