समाजवादीका युवा नेताहरूद्वारा राहत वितरण

लोकपथ
175
Shares

बझाङ- नेकपा एकीकृत समाजवादी आबद्ध युवासँघले बझाङका बाढी-पहिरोपीडितलाई राहत वितरण गरेको छ। अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठूलो धनजनको क्षति भएको भन्दै आर्थिक संकलन गरि राहत वितरण गरिएकाे हो।

युवासंघ बझाङका संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा खप्तड छान्ना गाउँपालिकाका २० घर परिवारलाई १/१ बाेरा चामल, १ /१ प्याकेट तेल, १/१ किलो दाल, दुई प्याकेट नुन बितरण गरिएकाे हाे। आज तमैल बजारमा पिडित परिवारलाई बाेलाएर राहत बितरण गरिएकाे युवासंघ नेपाल जिल्ला कमिटि सचिब महेन्द्र खत्रीले बताए । बिहिबार थलाराका २५ परिवारलाई १६ बलाङ्केट, १५ बोरा चामल, १३५ केजी दाल, ५० प्याकेट आटाे वितरण गरिएकाे थियाे।

असोज ३१ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण बझाङ जिल्लामा ३० जनाको मृत्यु भएको थियो भने दर्जनौ घरमा क्षति पुगेको  थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?