दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा आईसीएफसी फाइनान्स अब्बल

लोकपथ
1.9k
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४.५२ बिन्दुमा पुगेको छ । आज नेप्से १.०८ प्रतिशतले बढेको हो । यता, सेन्सेटिभ परिसूचक पनि ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ ।

आइतबार कुल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये व्यापार समूहबाहेक सबै उपसमूहको सेयर मूल्य बढेको छ । आज फाइनान्स समूहको सेयर मूल्य बढेको छ । यो समूहको सेयर मूल्य ४.११ प्रतिशतले बढेको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बेष्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यता मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आइतबार आईसीएफसी फाइनान्सले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले १५ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?