सुर्खेतमा बम विस्फोट : दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

लोकपथ
1.3k
Shares

काठमाडौं । सुर्खेतमा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको हो ।

‘शनिबार-शनिबार सामुदायिक वनमा घाँस काट्न खोल्ने गरिएको रहेछ । सोही क्रममा घाँस काट्न जाँदा विस्फोटक पद्धार्थ विस्फोट हुँदा घाँस काट्न गएकी २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार घाइते भएका छन् ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख छवि रिजालले जानकारी दिए ।

बम कस्ले राख्यो, विस्फोट कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये नरेश परियारको अवस्था गम्भीर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?