साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

लोकपथ
574
Shares

काठमाडौं । भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा प्रवेश गरेको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे ।

माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए । यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

भारतले ४ खेलमा ८ अंक जोडेको छ । अब उपाधिका लागि भारतले नेपालसँग भिड्नेछ । फाइनल खेल आइतबार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ ।

नेपालले बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोडेको छ ।

माल्दिभ्सले भने ६ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । यस्तै बंगलादेश ५ अंक जोडेर चौंथो र श्रीलंका १ अंक जोडेर पुछारमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?