युथ फुटबल टुर्नामेन्ट : आज लिग चरणको अन्तिम दुई खेल हुँदै

लोकपथ
1.9k
Shares

काठमाडौं । तार्केश्वर युवा क्लबद्वारा आयोजित दोस्रो युथ फुटबल टुर्नामेन्टअन्तर्गत आज लिग चरणको अन्तिम दुई खेलहरु हुँदै छ ।

आज हुने लिग चरणको अन्तिम खेलमा ‘चक्रपथ युथ क्लब’ र ‘अटेरी बी’ भिड्दै छन् । त्यस्तै दोस्रो खेलमा ‘तार्केश्वर–बी’ र ‘धनाठ क्लब’ भिड्दै छन् ।

No description available.

टुर्नामेन्टमा १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका आयोजक प्रज्जवल लामाले लोकपथलाई जानकारी दिए ।

प्रतियोगितामा पूर्वफिफा रेफ्री राजेश श्रेष्ठ, नेपाल डाट्स एसोसियसनका अध्यक्ष सुदर्शन जमकटेलको उपस्थिति रहेको छ ।

No description available.

असोज २० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल असोज २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?