काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ शुक्रबारदेखि सिनेमा घरमा रिलीज भइरहेको छ । तर, सिनेमा रिलीजसँगै अहिले उनले अर्को आलोचना खेप्नु परेको छ । यस अर्थमा भन्नु पर्दा उनको सिनेमा निर्माणको पहिलो गासमै ढुंगा लागेको छ । उनले निर्माण गरेको सिनेमालाई साउथ इण्डियन सिनेमा ‘मुम्बई एक्सप्रेस’बाट कपी गरिएको आरोप उनी माथी लागेको छ ।
तरकेकी भने आफ्नो टिमले कपी नगरेको तर ‘मुम्वई एक्सप्रेस’बाट इन्स्पायर्ड भएको बताउँछिन । चलचित्र हेरेका दर्शक तथा सिनेमाकर्मी, मिडियाकर्मी भने सिनेमा जस्ताको तेस्तै कपी भएको बताउँछन । कथालाई अलिकती तोडमोड गरिएको छ । बाँकी सबै जस्ताको त्यस्तै हो । उनिहरु भन्छन्, केकी जस्तो शिक्षीत र अभिनयमा सफल नायिकाबाट हामीले यस्तो सिनेमाको अपेक्षा गरेका थिए नौं । तर, अफ्नो अपेक्षा अनुसारको मौलीक सिनेमा उनले बनाउँन नसकेको सामाजीक सञ्जालमा दर्शकले गुनासो गरेका छन् ।
केकीको मात्रै होइन् यसमा सबै भन्दा ठूलो दोस कथा तथा पटकथा लेखक शान वस्नेत र निर्देशक विशाल भण्डारी पनि उतिकै दोसी छन् । केहि वर्षदेखि नेपाली चलचित्रमा कपी पेस्टबाट केहि माथी उठिरहेको बेला ‘कोहलपुर एक्सप्रेस’ले दर्शक माझ नकरात्मक प्रभाव परेको सिनेमाकर्मीको बुझाइ छ । सिनेमाकर्मीका अनुसार अहिले दर्शक एकदमै बुझ्ने भइसकेका छन्, कसले कहाँ के मिस्टेक ग¥यो । कथा पटकथा सबै विषयमा जान्ने भइसके त्यसैले यस्तो सिनेमाले नेपाली सिनेमाको बजार विगार्ने बल पुग्ने सिनेमा विज्ञहरु बताउँछन । त्यसै पनि नेपाली चलचित्रमा मौलीक कथा बस्तु र गुणस्तरमा कमी भएको बताइन्छ । ‘कोहलपुर एक्सप्रेस’ जस्तो कपी सिनेमा निर्माण हुँदा नेपाली सिनेमाको हालत के होला ? सिनेमाकर्मी र कलाकारले सोच्नु पर्ने विषय बनेको छ ।
‘कोहलपुर एक्सप्रेस’ लाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । केकीका अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अर्जुन तिवारीले छायाँकन गरेका छन् भने राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बास्कोटाको संगीत भरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया