कोरोना अपडेट : थप १ हजार ४३ जनामा संक्रमण पुष्टि, कति भए डिस्चार्ज ?

लोकपथ
357
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको १५ हजार ४ सय ६५ नमूना परीक्षणमा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ११ हजार एक सय ६५ जनाको पीसीआर विधिबाट र ४ हजार ३ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

काठमाडौं उपत्यकामा ४ सय ४० जना संक्रमित भएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ३ सय ४४ जना, ललितपुरमा ६१ जना र भक्तपुरमा ३५ जना रहेका छन् ।

पिसिआर विधिबाट गरिएको परीक्षणमा ८ सय ४९ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ रहेको छ । २४ घण्टामा अवधिमा देशभर ५९ हजार ३ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?