काठमाण्डौ । बिहिबार नेपाल चलचित्र विकास कम्पनीको आयोजना 'छैठौ एनएफडीसी चलचित्र पुरस्कार' एक भव्य समारोहका विच काठमाण्डौमा सम्पन्न भयो । हायात रिजेन्सीमा सम्पन्न अवार्ड समारोहमा अहिलेका चर्चित नायक अनमोल केसीले उत्कृष्ट नायकको अर्वाड हात पारे । यस्तै उत्कृष्ट नायिकाको अवार्ड भने श्रृष्टि केसीको जीवनीमा निर्माण भएको सिनेमा 'ब्लाइन्ड रक्स'बाट बेनिशा हमाले हात पारिन । यस्तै, उत्कृष्ट सिनेमाको अवार्ड 'शत्रुगते'ले हात पा¥यो भने, उत्कृष्ट निर्देशको अवार्ड 'लिलिबिली'बाट मिलन चाम्सले जिते ।

मुम्बईबाट एनएफडीसी अवार्डमा आफ्नो प्रस्तुती दिन नेपाल आएकी नायिका निरुता सिंहले पानीका कारण आफ्नो प्रस्तुती उपस्थीत पाहुनाहरुलाई देखाउन पाइनन् । निरुताले मात्रै होइन अवार्डमा नृत्य गर्ने भनेर एक महिना देखि तयारी गरेका नायक पल शाह, पुष्प खड्का र आँचल शर्माले पानीको कारण आफ्नो प्रस्तुती देखाउन पाएनन् ।
हेनुस् क–कसले पाए एनएफडीसी चलचित्र पुरस्कार ( सुची सहित) : –
उत्कृष्ट फिल्मः शत्रु गते
उत्कृष्ट निर्देशकः मिलन चाम्स, लिलिबिली
उत्कृष्ट अभिनेताः अनमोल केसी, कृ
उत्कृष्ट अभिनेत्री: वेनिशा हमाल, ब्लाइण्ड सक्र
उत्कृष्ट सह-अभिनेत्री: शत्रु गते
उत्कृष्ट पटकथाः छक्का पञ्जा २
उत्कृष्ट छायाँकनः सुदिल बराल, लिलिबिली
उत्कृष्ट सम्पादनः मित्र डि गुरुङ, शत्रु गते
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट नव अभिनेताः आशिरमान देशराज जोशी, ग्याङ्गस्टर ब्लूज
उत्कृष्ट नव अभिनेत्रीः जसिता गुरुङ, लिलिबिली
उत्कृष्ट सह अभिनेताः प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट अभिनेत्रीः केकी अधिकारी, ऐश्वर्य
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, २ रुपैया
उत्कृष्ट गायिकाः अञ्जु पन्त, ऐश्वर्य
उत्कृष्ट गायकः सुगम पोखरेल, तिमी रोएको पल(ऐश्वर्य)
उत्कृष्ट गीत लेखनः डा. कृष्णहरी बराल, म यस्तो गीत गाउँछु
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, २ रुपैया
उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्मः छक्का पञ्जा २
उत्कृष्ट द्वन्द्च निर्देशकः चन्द्र पन्त, कृ
उत्कृष्ट मिक्सिङः अमित श्रेष्ठ, शत्रु गते
उत्कृष्ट पार्श्व संगीतः एलिश कार्की, लिलिबिली
मह जुरी अवार्डः रमेश बुढाथोकी, भुइंमान्छे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया