अक्षयकुमारले किने नयाँ घर, यस्ता छन् सुविधा (फोटोफिचर)

मुम्बई । बलिउड सुपरस्टार नयाँ अक्षयकुमारले मुम्बईमा एक नयाँ घर किनेका छन् । उनको  उक्त नयाँ घरको मूल्य १८ करोड भारु रहेको बताइएको छ । 

समाचारमा जनाइएअनुसार अक्षयको अँधेरीस्थित यो घर  २१ औं तलामा रहेको छ । उनले एक फ्याटमात्रै किनेका होइन सो तलका सबै फ्लोर किनेका हुन् । जहाँ ४ फ्ल्याट रहेका छन् ।

७९७४ स्क्वायर फिटमा फैलिएको यो घरको एक फ्याट बराबरको मूल्य ४ करोड ५० लाख भारु रहेको छ ।

घरमा स्विमिङ पुल,  वाकिङ स्पेस, फिटनेस सेन्टरलगायतको सूविधा समेत रहेका छन् । 

पछिल्लो समय अक्षय केसर नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?